सोमबार मुसिकोटमा १ जना कोरोना संक्रमितको मृत्यु, कुल संक्रमितको संख्या ४७१ पुग्यो ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको ५ जनाको एन्टिजिन परिक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४०९ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४७१ जनमा कोरोना पोजेतिभ र ९३८ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस बिरामिको अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि मुसिकोट नगरपालिकामा आज थप १ जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का ८८ बर्षइय पुरुष रहेकको जानकारि प्राप्त भएको छ ।

आज थप १ जनाको मृत्यु भएसंगै मुसिकोट नगरपालिकामा कोरोमा भाइरसका कारन ज्यान गुमाएकको संख्या ९ पुगेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *