ओलीको कृपाले नियुक्ति पाएका यी ३ जनालाई बर्खास्त गर्ने निर्णय

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले नियुक्ति पाएका ३ प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २, लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ । अहिले प्रदेश २ मा राजेश अहिराज, गण्डकीमा सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेका छन् ।

प्रदेश प्रमुखहरू क्रमशः २०७७ फागुन ७, २०७८ वैशाख २० र २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए । २ हप्ताअघि नयाँ सरकार गठन भएपछि सरकारले प्रदेश प्रमुख हेरफेर गर्ने प्रयास गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त र बर्खास्त गर्ने प्रावधान छ ।-
मिडिया डबली

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *