खुसिको खबर, आधा दर्जन बढी कम्पनीलाई १४ अर्बको हकप्रद सेयर निष्काशन हुँदै

काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ मा आधा दर्जन कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा सात कम्पनीलाई १४ अर्ब बढीको हकप्रद सेयर निष्काशन लागि अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्स कम्पनी, नेपाल फाइनान्स, नागरिक लगानी कोष, नारायणी डेभलपमेन्ट बैंक, अरुण भ्याली डेभलपमेन्ट कम्पनी,

अपि पावर र हाइड्रोईलेक्टिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

यी सात कम्पनीहरुले कुल १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाँ बराबरको १४ करोड ४ लाख ९७ हजार ७० दशमलव २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका हुन् ।

अनुमति पाएका कुल कम्पनीमध्ये सबैभन्दा बढी एचआईडीसीएलको रहेको छ । कम्पनीले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति पाएको हो ।

कम्पनीले साउन ५ गतेदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रदमा योग्य आवेदकहरुले साउन २५ गते बैंकिङ्ग समयसम्म आफ्नो हक बमोजिममको सेयर खरीदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, नागरिक लगानी कोषले गत वर्षको पुस २ गते १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको थियो । बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यसैगरि गत आर्थिक वर्षमा समृद्धि फाइनान्सले ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निकाष्शनका लागि २०७७ भदौ २ गते अनुमति पाएको थियो ।

नेपाल फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता सेयर निष्काशन लागि गत वर्षको असोज १९ गते, नारायणी डेभलपमेन्ट बैंकले १ः१ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको हकप्रद सेयर निकाशन लागि २०७७ पुस २० गते अनुमित पाएको थियो ।

यस्तै, अपि पावरले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि गत वैशाख १९ गते र अरुण भ्याली हाइड्रोपावरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन लागि २०७७ फागुन २५ गते अनुमति पाएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *