गुल्मीको मुसिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

महेन्द्र कौशल-गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपलिका वडा ४ दोभान देखि करिब ३ किलो मिटर तम्घास जानेबाटोमा लु १ ज ४५ ५९ नम्बरको सवारि बोकेको जिप दुर्घटनाग्रस्त भएको हो ।

सान्तिपुर देखि तम्घासका लागी छुटेको करिब ११बजे दुर्घटना भएको स्थानियले बताएका छन ।

११ जना सवारी बोकेर तम्घास तर्फ गैइरहेको जिप दुर्घटना हुदा घटना स्थलमा नै ३ जनाको मृत्यु भएको भने ८ जना गम्भीर गाइते भएको स्थानीय प्रत्यक्षले बताएका छन।

घाइतेलाइ जिल्ला अस्पताल तर्फ लगिएको छ । सानो बच्चा अझै बेपत्ता भएको बताइको छ ।
सब रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ।

घटनाको पूरा विवरण आउन बाकी रहेको छ ।नजिक हुने उद्धारमा जुट्नुहोला।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *