बुधबार मुसिकोटका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित अधिकांस वडा न, ७ मा

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको ७ जनाको एन्टिजिन परिक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

बुधबार मुसिकोटमा कोरोना संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना पुरुड र १ जना माहिला त्यसै गरि वडा नम्बर ८ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४२२ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४७८ जनमा कोरोना पोजेतिभ र ९४४४ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

यो पनि पढ्नुहोस् मुसिकोट नगरपालिकाको वडा नं ७ मा जारी शील एक हप्ताका लागि लम्बाईएको छ ।

नगरस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत साउन ५ गतेदेखि गएरातिसम्म जारी शील पुनः एकहप्ताका लागि थप गरिएको हो । वडा नं ७ मा कोरोना सक्रंमणको हटस्पट बन्दै जान थालेपछि सक्रंमण नियन्त्रणका लागि शील लम्बाउने निणर्य गरिएको नगर स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

यस विषयमा नगरपालिकाले सुचना जारी गर्ने तैयारी गरेको उहाँको भनाई छ ।वडा नं ७ स्थित वामीटक्सार बजारमा सक्रंमण दैनिक तीब्र रुपमा बढ्दै गएपछि शील गर्ने निणर्य गरिएको बताईएको छ ।

दैनिक परिक्षणमा अधिकाशं सक्रंमित वडा नं ७ का रहने गरेका छन् । स्थानीयहरुको हेलचेक्राई र स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई जमघटका साथ विभिन्न धार्मिक,मृत्यु तथा अन्य क्रियाकलाप गर्दा सक्रंमण झन भयावह बन्दै गएको स्वास्थ्य सयोंजक जिसीले जानकारी दिनुभयो ।

यही अवस्था रहेमा अझै धेरै क्षति बेहोर्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । नगरपालिकामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

गएको एकहप्तामा मात्रै २ जनाको मृत्यु भएको र सक्रंमण दर दैनिक तीब्र रुपमा बढिरहेकाले मगंलबार राति १२ वजे देखी नै पुन साउन १९ गते राती १२ वजे सम्म लागु हुने गरी शिल गरिएको हो ।

यस अवधिमा औषधी पसल बाहेक अरु सबै पसलहरु पूणर् रुपमा बन्द गरिने छ । अन्य पसल व्यवसाय र सवारी साधनहरु भने पुरानै नियमअनुसार सञ्चालन हुने बताईएको छ

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *