तिन कम्पनिहरुको १ अर्ब ५७ करोड बढीको आईपीओ आउँदै, कुन कुनको कति कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेवोन)ले तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।

तीन कम्पनीलाई कुल १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमित दिएको हो । बोर्डबाट ङादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएका हुन् ।

तीनै वटा कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् ।

जसमध्ये ङादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त आईपीओ निष्काशनका लािग कम्पनीले साउन ११ गते अनुमति पाएको हो । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी साहस उर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो ।

बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी बुद्धभूमि नेपालले १२ करोड रुपैयाँ बारबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको छ । बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *