लुम्बिनी प्रदेशका ३ मन्त्री सांसद पदबाट बर्खास्त

बुटवल । लुम्बिनी प्रदेशसरकारमा सहभागि भएका जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् ।

११ साउनमा जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता पाएपछि महन्थ पक्षमा रहेका तीन सांसदलाई कारवाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै मन्त्रीसमेत रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *