फेरि सङ्क्रमितको सङ्ख्या बढ्यो,शुक्रबार ३६११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १४ हजार ६६१ जनाकाे परीक्षण भएको छ ।

जसमा पीसीआर परीक्षण ९ हजार ७८३ र एन्टिजेन परीक्षण ४ हजार ८७८ जनाकाे भएको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८१६ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निकाे भएका छन् ।

९ हजार ८३४ जनाकाे मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *