मैलुङ खोला हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, साढे ११ लाख बढीले दिए

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदनको आईरो परेको छ ।

बिक्री खुला भएको दोस्रो दिन कम्पनीको आईपीओमा ११ लाख ५८ हजार ५८५ जनाले आवेदन भरेका छन् ।उक्त आईपीओमा १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ५७ हजार ३४० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्युनतमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।- अर्थतन्त्र डटकमको सहयोगमा

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *