जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ता कति पुग।यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ९८.९० रुपैयाँ बढेको हो । कारोबारमा आएको दोस्रो दिनको करिव एक घण्टको अवधिमा कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भई प्रतिकित्ता १ हजार ८८ रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुहोस् काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने समय थपिएको छ ।

कम्पनीका अनुुसार अब साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आज (१७ गते) सम्म आयोजना प्रभावित स्थानीयको लागि आवेदन दिने समय तोकेको थियो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ६० लाख कित्ता आइपीओ निष्कासन गरेको छ ।

६० लाखमा १८ लाख कित्ता भोटेकोशी गाउँपालिका १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका– ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । बाँकी ४२ लाख कित्ता सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयलाई छुट्याइएको छ ।

उक्त आईपीओमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, जिल्लामा रहेको ३६ वटा र काठमाडौंका ७ वटा संकलन केन्द्रबाट आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *