लगानीको अवसर – अर्को नयाँ जलविद्युत् कम्पनीको आइपीओ आउने पक्का

काठमाडौं – श्रावण महिना आइपीओ को महिना भनेर समेत चर्चा भइरहेको छ ।

यो महिना मात्र ३ कम्पनीले शेयर निश्काशन गर्ने पक्का भएको छ भने अन्य आधा दर्जन कम्पनीले शेयर निष्काशनको लागि अनुमति पाएका छन् ।

यसै बीच सुपरमाई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभाबाट आइपीओ निष्कासन गर्ने पक्का गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ११.५०% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ ।

यस्तै, आइपीओ निष्कासन गर्ने एजेन्डामा पनि छलफल हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

अन्य यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीले हाल इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ सेयरधनीहरुको डिम्याट खाताको आएको छ । उक्त आईपीओ यूएलआई स्टक कोडसहित डिम्याट खातामा आएको हो ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ११५ रूपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरण पत्रअनुसार कम्पनीको पछिल्लो वास्तविक प्रति सेयर नेटवर्थ ११५.१३ रुपैयाँ रहेको छ ।

उक्त नेटवर्थ अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो । नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर करोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको तीन गुणासम्मको विन्दुलाई लिएर ओपनिङ रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने भएको हो ।

आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्म कम्पनीको नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । अब कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएपनि सोही आधारमा पहिलो कारोबारको लागि मूल्य तय गर्दछ ।

कम्पनीले असार २४ गते देखि २८ गतेसम्म गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरी साउन १ गते बाँडफाँट गरिसकेको छ ।

अहिले त्यो नेप्सेमा सुचिकृत गर्ने तयारी भइरहेको छ । अब त्यो नेप्सेमा सुचिकृत भएपछि कम्पनीको दास्रो बजारमा सेयर कारोबार हुने छ ।

कम्पनीले कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५ सय सामुहिक लगानीकोषको लागि छुट्याएको थियो ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

उक्त आइपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जना आवेदकबाट आवेदन परेको हो । जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *