बुधबार मुसिकोटमा १६ जनाको कोरोना परिक्षण, संक्रमितको संख्या ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा दैनिक कोरोना परिक्षण दर घट्दै गएको छ ।

आज (बुधबार) मुसिकोटका जम्मा १६ जनाको कोरोना परिक्षण गरिएको छ, जस मध्य २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ३ कि १ जना महिला र वडा नम्बर ९ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४७६ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४८९ जनमा कोरोना पोजेतिभ र ९८७ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुष र १ जना महिला गरी १० जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *