मुख्यमन्त्री पोखरेलको सरकार जोगाउने ‘अन्तिम विकल्प’माथि सर्वाेच्चमा सनुवाई हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको तर्फबाट सर्वाेच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

२७ साउनको लागि प्रदेश प्रमुखले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाएपछि अविश्वास प्रस्ताव र विशेष अधिवेशन रोक्ने आदेश दिन माग गर्दै पूर्व मन्त्री समेत रहेका एमाले प्रदेश सभा सदस्य लिला गिरीले रिट दायर गरेका थिए ।

उक्र रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ ।

रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई कारवाही गर्दै पदमुक्त गर्ने कदमविरुद्ध परेको रिटमा पनि सर्वाेच्चले अन्तरिम आदेश सदिन मानेको थिएन । सो आदेश नभएपछि मुख्यमन्त्री पोखरेलविरुद्ध परेको अविश्वास प्रस्ताव पारित हुने निश्चित छ ।

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद एमाले प्रवेश गरेपछि पद रिक्त छ ।

त्यस्तै, एमालेका सांसदद्वय दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीले राजीनामा दिएपछि प्रदेशसभा ८३ सदस्यीय छ । प्रदेशसभामा ३८ सदस्य रहेको एमालेले सर्वाेच्चको सहारामा सरकार जोगाउने अन्तिम कसरत गरेको हो ।

विपक्षी कांग्रेस, माओवादी केन्द्र गठबन्धनमा सभामुखसहित ४२ सांसद छन् ।- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *