मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो,शेयर पाउन मुश्किल

काठमाण्डौ – आज मात्र बिक्री खुल्ला गरेकी मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो लागेको छ ।

बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।- आर्थिक संदेश

यो पनि पढ्नुहोस्
काठमाण्डौं– थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।थ्री स्टारले १२ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेको छ ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

थ्री स्टारको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *