रुरु प्राथमिक स्वास्थ केन्द्र रिडी गुल्मीमा बिरामीको चाप

गुल्मी, -रुरु प्राथमिक स्वास्थ केन्द्र रिडी गुल्मीमा केहीमहिना यता देखि विरामीहरुको चाप बढिरहेको प्राथमिक स्वास्थ केन्द्रका डा विकास पन्थिले जानकारी दिनुभयो।

पाल्पाको अर्गली कुसेनी , रिब्दीकोटको जोगिथुम स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा न १ चन्डिभन्ज्याङ वडा न२ लसर्घाबेसि यस्तै गुल्मीको रुरु सत्यवति , कालीगण्डकी , छत्रकोट र अर्घाखाँचीका तल्ला भेगबाट बिरामी हरु आउँदा सेवा प्रभाहा गर्न आफ्नो टिमलाई हम्मे हम्मे परेको डा पन्थिले बताउनुभयो।

एकातिर बिरामिको चाप, अर्को तिर कोरना आइसुलेन्सनमा सेवा प्रवाह गरिरहदाँ जटिल प्रकारका बिरामीहरुलाइ समेत प्राथमिकतामा राखेर ६ बजे सम्म ओपिडी

सेवा सन्चालन गरेर भएपनि सेवा दिइरहेको बताउनुभयो दरबन्दी १ जना भएपनि करारमा ३ जना सम्म रहेर केही समय सम्म सेवा गरिएको थियो तर दुवै जना यहाँ बाट गएपछि अहिले केही महिना देखि बिरामी यक्लै हेर्न परेको डा पन्थिले जानकारी दिए ।

दैनिक जसो १६०जनाको आसपासमा बिरामीहरुले यहाँबाट सेवा लिने गर्दछन खासगरी टाइफाइट ज्वरो बात , सुगर प्रेसर यक्सेरे ,प्रसुती सेवा लगायतका सेवा लिन बिरामीहरु आउने गरेको डा .पन्थिले बताउनुभयो।

यसोत जिल्लामा पहिलो पटक डिजिटल प्रकारको यक्सेरे सेवा दियकोले पनि बिरामीको संख्यामावृद्धि भएको स्वास्थ केन्द व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न१ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।

विकले डाकटरको संख्यालाई थप गर्न पालिकामा ध्यानाकर्षण पनि गरायको र पालिकाले पहल गरिरहेको छ।- न्युज छड्के

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *