सेरोफेरो नेपालको प्रस्तुति मौलिक तीज गीत ‘छ्याँई छ्याँई कडिया’ सार्वजनिक

नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै मौलिक तीजको भाकामा रहेको गीत ‘छ्याँई छ्याँई कडिया’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

चर्चित लोक गायक रामचन्द्र चन्द र टिका पुनको स्वरमा रहेको गीतलाई वामेली सर्जक निर्मला रायमाझीले लेख्नुभएको हो भने संयोजन बैकुण्ठ रायमाझीले गर्नुभएको हो।

यस म्युजिक भिडियोका संयोजक बैकुण्ठ रायमाझी भन्नुहुन्छ, “’छ्याइ छ्याइ कडिया बजाउदै रेलैमा’ गीतको असली सर्जकको खोजी गरिरहेका छौँ। हजुरहरुलाई जानकारी भए हामीलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।”

उहाँ अगाडि थप्नुहुन्छ, “यो गीत वा भाका अत्यन्तै मनपर्ने र रेकर्डिङ पनि नभएको हुँदा आफ्नै लगानीमा गीत रेकर्डिङ गर्ने जमर्को गरेका छौँ। यस अन्तरालमा केही शुभचिन्तक साथीहरुले यसको असली सर्जक खोज्न सके उत्तम हुने थियो भनेर सुझाए पछि म गाउँमा सम्पर्क गरेर बुझ्न खोजेको थिएँ।

यो गीत हजुरआमाको पालामा पनि गाइने रहेछ। यति बुझे पछि मलाई लाग्यो यो गीतका सर्जक भेट्न असम्भव रहेछ। यद्यपि कसैलाई जानकारी छ भने जानकारी गराइ दिनुहुन अनुरोध गर्दछौँ।”

“अर्को कुरा के छ भने जुन गीत मौलिक गीत हो त्यो जनजिब्रोबाट हामिले सुन्यौँ। उक्त गीत वा भाका जसले पनि रेकर्डिङ गर्न पाउने र एक जनाले रेकर्डिङ्ग गरिसके पछि अरुले पनि रेकर्डिङ गर्न पाउने भएर नै धेरै गीतहरु रेकर्डिङ भएका छन। एउटै गीत २, ३ वा धेरै पनि रेकर्ड भएका छन।

जसको मूल सर्जक एउटा व्यक्ति हुँदैन। जुन कुरा हजुरहरुलाई सायद हेक्का होला। उदाहरणका लागि ‘गाइका खुट्टा लर्के’ देखि ‘सिमली पर्यो’ सम्म गीतको बारेमा पनि बुझ्न सक्नुहुन्छ।”

“मौलिक सुन्दर गीतलाई रेकर्ड गरेर यसलाई बचाइ राख्ने हाम्रो प्रयासमा हजुरहरुको साथको आवश्यकता को खाँचो छ है। अस्तु!”

आउनुहोस् हेरौँ:

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *