मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु !

बाग्लुङको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ५ दाँग घैयाबारी निवासी २१ वर्षीय रमेश पाईजाको करेन्ट लागेर ज्यान गएको हो ।

सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए ।

मोबाईल चार्ज गर्ने क्रममा लाईटबाट डाटा केबल जोडी चार्ज गर्न खोज्दा चुडेको डाटा केबलबाट करेन्ट प्रवाह भई घटनास्थलमै ज्यान गएको हो ।

मृतक पाईजाका १ श्रीमती र १८ महिनाकीे छोरी रहेका छन् ।अहिले मृतक पाईजाको शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ लगिँदै गरेको बताईएको छ ।

यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारीको सिलसिला मा मलेशियामा कार्यरत एक नेप‍ालि युवतिको मृ’त्यु भएको छ । नुवाकोटको पन्चकन्या गाँउपालिका घर भएकी सन्जिता थिङ तामाङ्ग को शनिवार मृ’त्यु भएको हो ।

२६ बर्षिय तामाङ्गको टाउकोमा पानि जमेको थाहा भएपश्चात गरीएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुर स्थित स्थानीय टोङसिङ अस्पतालमा मृ’त्यु भएको बताइएको छ ।

तामाङ्ग बिगत २ बर्षदेखि क्वालालम्पुरको एक नेपालि रेष्टुरेन्ट “मेरी वास्सै ” मा कार्यरत थिइन । श’व लाई उनि कार्यरत रेष्टुरेन्ट सङ्ग समन्वय गरि आवश्यक प्रकृया पुरा गरी नेपाल पठाईने मलेसिया स्थित नेपालि दुतावास स्रोतले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *