मानुषी लघुवित्तको आइपियो बाँडफाँड मिति सार्बजनिक

केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आउँदो हप्ता हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएकोे छ ।

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका

लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।

अन्तिम दिनसम्म यो आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो। यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ।

सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेभसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आउँदो हप्ता हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएकोे छ ।

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।

अन्तिम दिनसम्म यो आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो। यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ।

सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेभसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ । आर्थिक संदेश बाट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *