दु:खद खबर. हाइस दुर्घटनामा परि एक जनाको मृत्यु, ७ जना घाइते

अर्घाखाँची। काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खस्यो। घटनामा एकजनाकाे ज्यान गएकाे छ भने ७ जना घाईते भएका छन् ।

हाइस तल खसेर रुखमा अड्किएकाे स्थानीय बताएका छन।
याे समाचार तयार पार्दासम्म मृतककाे सनाखत भईसकेकाे छैन ।

घटनामा घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि, सनपा १ का श्याम बहादुर नेपाली, सनपा १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।

दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।

गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *