सानिमा लाइफका लगानिकर्ता मालामाल

काठमाण्डौ – सानीमा लार्ईफ इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सर्किट लागेर ४ सय ११ रुपैयाँ पुगेको छ ।

योसँगै लगानीकर्ताले केहि दिनमै ३ सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । कम्पनीको शेयर मूल्यमा आज मात्र सर्किट लागेर ३७ रुपैयाँ भन्दा धेरैले बृद्धि भएको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा करिव ७ लाख भन्दा धेरैको शेयर माग रहेको छ भने १४२ कित्ताको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस् तेह्रथुम पावरको आइपीओमा बाँडफाँड मिति सार्बजनिक

काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए । – आर्थिक संदेश

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *