लगानिको नँया अबसर,आइएमई जनरल इन्स्योरेन्सले ४६ करोड बढीको हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०ः४ को अनुपात हकप्रद निष्नकाशन गर्ने भएको हो ।कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशनका लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्
काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो ।

सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *