भोलि तेह्रथुम पावरको आइपीओ बाँडफाँड हुँदै, पर्ने सम्भावना कति ?

काठमाण्डौ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ प्रि अलाेटमेन्ट सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको छ भने आउँदो शुक्रबार शेयर बाँडफाँड हुने छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो ।

सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *