बागलुङमा जीप र भ्यान ठोक्किँदा ५ जना घाइते

बागलुङ : बागलुङको निसीखोलामा जिप र भ्यान एक आपसमा ठोकिँदा ५ जना घाइते भएका छन् ।

निसीखोला गाउँपाकिा वडा नम्बर ६ भकोटमा पूर्वी रुकुम तर्फ जाँदै गरेको लु १ ज १९३४ नम्बर जीप र विपरित दिशाबाट आएको ध १ ज ८०६ नम्बर को भ्यान एक आपसमा ठक्कर खाँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख जयराम वन्तले जानकारी दिए ।

घाइते हुने दाङको घोराइ नगरपालिका वडा नम्बर १ का १७ वर्षीय गोपाल कार्की, बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय सन्दिप भण्डारी, निसीखोला गाउँपालिका वडा नम्बर ५ का २७ वर्षका भ्यान चालक सेरबहादुर घर्ती,

ढोरपाटन नगरपालिका वडा नम्बर २ सेराका २७ की अनिता पुन र निसीखोला गाउँपालिका वडा नम्बर ६ की ३८ वर्षीया सन्तकला घर्ती रहेका छन् ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार थालिएको प्रहरी निरीक्षक वन्तले बताए । जीप र भ्यान दुबै गाडीमा क्षति पुगे पनि भ्यानमा बढी क्षति भएको प्रहरीे जनाएको छ ।- बागलुङ पोस्ट

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *