छुट्नु त भएन्,प्रभु बैंकको २ लाख ५२ हजार कित्ता सेयर किन्ने भोलि अन्तिम मौका

काठमाडौं । प्रभु बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने भोलि अर्थात सोमबार अन्तिम मौका रहेको छ ।

बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ ।उक्त सेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक सेयरधनीहरु वा योग्य जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि आवेदन पेश गर्नुपर्न सकिने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

उक्त सेयर भन्दा बढी खरिद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *