आज कांग्रेसको संस्थापन इतर समूहका नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुको बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति देउवाले जबरजस्ती वडा अधिवेशन गराएको र प्रदेश २ लगायत कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगो नलगाएको भन्दै इतर पक्षले आज छलफल गर्न लागेको हो ।

इतर समूहको बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट

एक नेताले बताए। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको गतिविधिले १४औँ महाधिवेशन तोकिएकै समयमा हुने कुरामा आशंका बढाएको भन्दै छलफल गर्न लागिएको ती नेताले बताएका छन् ।

उनका अनुसार पार्टीमा तुलनात्मक रुपमा आफू कमजोर भएको ठाउँमा देउवाले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन रुचि देखाएका छैनन् । जसका कारण तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्ने कुरामा आशंका बढेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गते वडा अधिवेशन सुरु भएको छ । केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म गर्ने कार्यतालिका छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *