संवैधानिक इजलासको विवाद: बार-बेञ्च समन्वय समितिको बैठक बस्दै

काठमाडौं । संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद मिलाउन आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाउनुु भएको हो । समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ ।

सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहनेछ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उहाँले अलग हुने निर्णय गर्नुभएको थियो ।

तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्व भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएको थियो ।

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशपछि संवैधानिक इजलास गठनको विवाद बढेको छ । यो विवाद समाधानका लागि प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

संवैधानिक इजलासको विवाद मिलाउन बार–बेञ्च समन्वय समितिको बैठक बस्दै

काठमाडौं । संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद मिलाउन आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहनेछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उहाँले अलग हुने निर्णय गर्नुभएको थियो ।

तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्व भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएको थियो ।

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशपछि संवैधानिक इजलास गठनको विवाद बढेको छ । यो विवाद समाधानका लागि प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *