मुसिकोटको पछिल्लो कोरोना अपडेट

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज सोमबार थप १ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।

आज (सोमबार) मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको ४ जनाको एन्टिजेन्ट परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ५ का १ जना ४७ बर्षीय पुरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १६८२ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५४४ जनमा कोरोना पोजेतिभ र ११३८ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *