लगानी कर्ताहरुका लागी खुसिको खबर,९० करोडको आईपीओ निष्कासन हुँदै

काठमाण्डौं–जलविद्युत कम्पनीले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला अर्को एक जलविद्युत कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।

ढकालका अनुसार दसैँ अगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन गर्ने तयारी छ । त्यसका लागि लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए ।

नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री ख्ला गर्ने मिति तय भएको भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । साहास उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने समयावधि थप हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *