लगानीकर्ताको आक्रोस – बजार बढ्न नदिन धितोपत्र बोर्डमा निवेदन दिइयो

काठमाण्डौ – सोमबार नेप्से सामान्य अंकले बढेर बजार बन्द भयो ।

आईतबार देखि लय समाउने देखिएको बजार सोमबार पनि बढ्ने धेरैको अनुमान थियो तर बजार नघटे पनि अपेक्षित बढ्न पनि सकेन । शेयर बजारमा सोमबार चर्चा भएको अर्को कुरा हो धितोपत्र बोर्डमा परेको छानविनको निवेदन ।

एक लगानीकर्ताले चलखेल भएको भन्दै केही जलविद्युत कम्पनीहरूको नामै टिकायर निवेदन दिए ।

जुन परेको छाया कपी बाहिरिएपछि बजारमा केही असर गरेको धेरैको अनुमान छ । अवस्था त्यस्तै पनि देखियो,निरन्तर उकालो लागेको जलविद्युत उपसुचक सोमबार भने सामान्य घट्यो ।

घट्ने निवेदकले उजुरी दिएका कम्पनीहरु पनि छन् । उजुरी कर्ताको उजुरी पछि उनीमाथि लगानीकर्ताहरु भने खनिएका छन् ।
प्राय धेरैले उनको चर्को आलोचना गरेका छन् । बजार बढ्न लाग्दा नियोजित घटाउनको लागि यो फन्डा गरिएको धेरैको गुनासो छ ।

क्लब हाउसहरुमा समेत यो विषयले निकै चर्चा पाएको छ । जोकोहीले पनि निवेदन दिन सक्ने तर यसलाई प्रचारबाजी बढी गएर बजार घटाउन खोजीको धेरैको अनुमान छ ।

उता धितोपत्र बोर्डले भने निवेदन ऊपर आफूहरुले छानबिन गर्ने संकेत दिएको छ । बोर्डले यस अघि ५१ कम्पनीको शेयर मूल्य असोभाबिक रहेको भन्दै लिष्ट्नै निकालेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *