टिकटकले लियो डरलाग्दो रूप,भर्खर बिहे गरेर माइत आएकी युवती वेपत्ता

काठमाण्डौ – सामाजिक सञ्जाल टिकटक केही मनोरञ्जन दिए पनि यसले समाजमा नकारात्मक असर समेत परेको प्रसस्त उदाहरण छ ।

यसै बीच टिकटक बनाउन खोज्दा तनहुँमा एक युवती वेपत्ता भएकी छन । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् । टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएकी हुन् ।

उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् । प्रहरीले उनको खोजीकार्य भइरहेको जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *