नेकपा एमाले नेता नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक, मुख्य छलफलको बिषय के ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।

शुक्रबार बस्ने गरी बैठक बोलाइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुनेछ।

यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्। नेता पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिनुभयो ।

यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोध्नुभएको थियो ।

सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो। स्पष्टिकरणबाट ओलीबाट पनि जवाफ मागिने बताइएको छ ।-ज्योतिन्यूज डटकमको सहयोगमा

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *