सेयर बजारमा भने नकारात्मक परिबर्तन, कति अंकले घट्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से २१.२९ अंकले घटेको छ । परिसुचक भने २ हजार ५४८.९६ अंकमा पुगेर बन्द भएको छ ।

आज व्यापार समूह, होटेल तथा पर्यटन र लगानी समूह बाहेक अन्य सबै राताम्मे भएका छन् । उक्त दिन ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार व्यापार समूह १७४.८८ अंक, होटेल तथा पर्यटन समूह १५४.०७ अंक र लगानी समूह १.१९ अंकले बढेको छ ।

उक्त दिन बैंकिङ समूह १९.६७ अंक, विकास बैंक १९.९२ अंक, जलविद्युत ४४.२९ अंक, फाइनान्स २.८८ अंक, निर्जीवन बीमा ५४.१५, माइक्रोफाइनान्स ४७.५४, जीवन बीमा १६७.८ अंकले घटेको छ ।

आज कारोबार रकमको आधारमा सबैभन्दा बढी निफ्राको ९१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा उप्पर तामाकोशीको २६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको २३ करोड ५१ लाख २१ हजार रुपैयाँ र नेपाल बंगलादेश बैंकको २२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।- अर्थतन्त्र डटकमको सहयोगमा

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *