वामी हस्पिटल प्रा.लि.काे अध्यक्षमा लोहनी चयन

सागर भण्डारी,गुल्मी: सालिमे ईन्भेष्टमेण्ट प्रा.लि. द्वारा सञ्चालित वामी हस्पिटल प्रा.लि.मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। उक्त अवसरमा नगरप्रमुख साकोटाले निजी क्षेत्रले जुन चलायमान उद्धेश्य लिएर अगाडी बढ्नुपर्ने हो यस कम्पनीमा त्यसो नभएको बताउनुभयो। सबै चलायमान हुन र नीजी क्षेत्रहरु जनताको सेवासगैं नाफामूलक हुनुपर्ने बताउनुभयो ।

संस्थालाई कसरी गुणस्तरीय र आकर्षित गराउने भन्ने विषयमा चनाखो बनी स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। संस्थाको दोश्रो साधारण सभाले अग्नीधर लोहोनीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको पुर्नगठन गरेको छ।

जसको उपाध्यक्षमा गोपिकृष्ण खरेल, सचिवमा टोप नारायण शाक्य, कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अमृता सापकोटा, शिला सापकोटा,दल बहादुर थापा र ज्ञानहरी सापकोटा रहनुभएको छ।

कार्यक्रममा मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा शालिमे ईन्भेष्टमेन्ट प्रा.लि.को सचिव अग्नीधर लोहोनी र लुम्बिनी वामी हस्पिटल प्रालिको हालसम्मको आर्थिक प्रतिवेदन लेखापाल मनिसा के.सी.ले प्रस्तुत गर्नुभएको थियो।

कम्पनीमा हाल ३८ जना शेयर सदस्य रहेका छन् भने १० करोड शेयर पूँजी सकंलन गर्ने लक्ष्य राखेको संस्थाले हालसम्म २ करोड मात्रै शेयर पूँजी सकंलन गर्न सफल भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजसगंको सहकार्यमा कम्पनीले वामीमा लुम्बिनी वामी हस्पिटल प्रालि सञ्चालन गरी एमबीबीएस डाक्टर सहितको सेवा प्रदान गर्दै आईरहेको छ।

कार्यक्रममा डाक्टर रवि सुब्बा, पूर्व गाविस अध्यक्ष महेश बहादुर जि.सी., श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीका एस.एस कर सदस्य कृष्ण हरी सापकोटा, वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानेश्वर काफ्ले, परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोपिकृष्ण खरेल, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका सदस्य ज्ञानहरी सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कृष्ण प्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव अग्नीधर लोहोनीले गर्नुभएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *