दाङको हरियाली पहाडको काखमा सुगन्धले भरिएको हावा सँगै शान्तिको पहिलो सास फेरेको थलो हो हापुरे यो त्यही ऐतिहासिक भूमि हो जहाँ २०६० साउन ३२ गते नेपाली इतिहासले निर्णायक मोड लिएको थियो।
हिंसात्मक द्वन्द्वमा रुमलिएको मुलुक शान्तिको बाटो तर्फ मोडिने प्रयास यहीँबाट सुरु भयो तत्कालिन बिद्रोही माओवादिको तर्फबाट डा.बाबुरारम भट्टराई,कृष्ण बहादुर महरा लगायतका नेता र तत्कालिन राज्यको तर्फबाट कमल थापा, डा.प्रकाशचन्द्र लोहोनी लगायतको उपस्तिथिमा वार्ताको प्रारम्भ भयो राज्यपक्ष र माओवादी विद्रोहीबीच पहिलो औपचारिक वार्ता भएको यही घर आज इतिहासको मौन साक्षी बनेर चुपचाप उभिएको छ त्यो दिन राष्ट्रका छातिमा रहेका पीडा, बिछोड, र रक्तपातको अन्त्यको आशाले हापुरेको आँगनमा साँच्चिकै शान्तिको गन्ध फैलिएको थियो तर आज शान्तिको त्यो सन्देश बोकेको यो घर आफ्नै अस्तित्व खोजिरहेजस्तो लाग्छ न संरक्षण न प्रचारप्रसार न स्मरण ?
हापुरे वार्ता घर केवल अरु जस्तो काठ र गारोले बनेको संरचना होइन यो त हजारौं नेपालीको रगतले लेखिएको शान्तिपथको प्रवेशद्वार हो। इतिहासको यस्तो जीवन्त धरोहरलाई बेवास्ता गर्नु भनेको हाम्रो शान्ति यात्रालाई स्वयं ओझेलमा पार्नु हो अब जरुरी छ हापुरेलाई इतिहासको संग्रहालय बनाउने सन्ततिलाई देखाउने भोगिएको पीडा र प्राप्त शान्तिको मूल्य सम्झाउने। आउनुहोस एकपटक राष्ट्रको एकताका लागि चालेको पहिलो कदमको सम्मान गरौँ , हापुरेले फेरि बोल्न पाओस्।




