•  २८ कार्तिक २०८२, बिहीबार
  • कोहलपुर नगरपालिका वडा नम्बर २ मनकामना चोक निवासी ५८ वर्षीय मोहन कुमार मल्ल हिजो बिहान करिब ९:३० बजे को समयमा कोहलपुरस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा बिजुलीको बिल तिर्ने भन्दै घरबाट निस्किनुभएको थियो तर त्यसपछि अहिलेसम्म उहाँ घर फर्किनुभएको छैन र परिवारसँग सम्पर्कविहीन अवस्थामा रहनुभएको छ।

    उहाँ सामान्य स्वास्थ्य अवस्थामा हुनुहुन्थ्यो र घरबाट निस्कँदा कुनै असामान्य गतिविधि देखिएको थिएन। तर लामो समयसम्म सम्पर्क हुन नसकेको कारण परिवारजन निकै चिन्तित छन् र उहाँको खोजी कार्यमा सहयोग गरिदिन सबैमा हार्दिक अनुरोध गरेका छन्।

    हालसम्म न उहाँले फोनमार्फत सम्पर्क गर्नुभएको छ नत कुनै चिनजानका व्यक्तिसँग भेट भएको जानकारी प्राप्त भएको छ। यस्तो अवस्थामा कसैले उहाँलाई देख्नुभएको वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने तल दिइएको सम्पर्क नम्बरमा तुरुन्तै जानकारी गराइदिनुहुन विनम्र अनुरोध छ।

    सम्पर्क नम्बर: ९८४३८८६४५२

    उहाँको खोजी कार्यमा सहयोग गर्नु हुन स्थानीय बासिन्दा, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय साथ र सहयोग अपेक्षा गरिएको छ।

    तपाईंको एक सानो जानकारीले मोहन कुमार मल्ललाई सुरक्षित रूपमा घर फर्काउन सक्नेछ।