•  २८ कार्तिक २०८२, बिहीबार
  • रुकुम पश्चिम। अविरल वर्षापछि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को कृषि सडकमा पहिरो गएर अवरुद्ध भएको बाटो स्थानीयको पहलमा पुनः सञ्चालनमा आएको छ।

    वाईसिएल नेपालका केन्द्रीय सदस्य बालकुमार नकालको नेतृत्वमा, गाउँपालिका प्रतिनिधि हिमाल खड्का, बिबेक शाहा लगायतको सक्रियतामा बाटो खोल्ने कार्य सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष्यको पहलमा सडक डिभिजन चौरजहारीले मेसिन पठाएर सहयोग गरेको थियो

    अचानक पहिरो खस्दा आवतजावत पूर्ण रूपमा बन्द भएपछि सर्वसाधारणलाई ठूलो असुविधा भएको थियो। स्थानीय युवाहरू र जनप्रतिनिधिको संयुक्त प्रयासमा बाटो खुलाइएको छ।

    नकालले आपतकालीन अवस्थामा एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले पनि निरन्तर सहयोग गर्ने आश्वासन दिएको छ।