•  ६ जेष्ठ २०८२, सोमबार
  • आजको समयमा पैसा सबैथोकको आधार बनिसकेको छ। शिक्षादेखि स्वास्थ्य सेवा, व्यवसायदेखि मनोरञ्जनसम्म, पैसा नै लगभग हरेक क्षेत्रमा प्राथमिक आवश्यकताको रूपमा देखा पर्छ। मानिसहरूले आफूलाई सामाजिक रूपमा स्थापित गर्न र आफ्नो जीवनस्तर सुधार गर्न पैसाको आवश्यकता महसुस गर्छन्।
    कसैले भन्न सक्छ, “पैसा सबै कुरा होइन,” तर जब समयको कठिनाइ आउँछ, घरको भात र पानीको अभाव हुन्छ, वा स्वास्थ्य समस्याले ग्रस्त पार्छ, तब पैसा नै सबैभन्दा महत्त्वपूर्ण कुरा बन्न सक्छ। खासगरी गरीब र निम्न आय वर्गका व्यक्तिहरूको लागि, पैसा नै आफ्नो अस्तित्व कायम राख्नको लागि एक मात्र उपाय जस्तो लाग्न सक्छ।

    धेरै मानिसहरू, जसले आर्थिक रूपमा संघर्ष गर्दैछन्, आफ्नो परिवारको भरण-पोषण र भविष्यका लागि पैसा कमाउन संघर्ष गर्दैछन्। उनीहरूको लागि पैसा मात्र खुशीको परिभाषा होइन, यसले जीवनका अनगिन्ती समस्याहरूको समाधान दिन्छ। तर, पैसा कमाउनु र त्यसको अभाव हुनु केवल एक वास्तविकता मात्र होइन, यससँग एक मानसिक संघर्ष पनि जोडिएको छ। पैसा कमाउनको लागि व्यक्तिले आत्ममूल्य र शान्तिलाई कहिलेकाहीं त्यान्न सक्दैन। यही कारणले, जसको लागि पैसा सबैथोक हो, उनी आफ्नो मानसिक शान्ति र भावनात्मक संतुलन गुमाउन सक्दछन्।

    अनेक व्यक्तिहरू यसमा यति डुब्छन् कि सस्तो कमाइको लागि अनैतिक काम गर्ने जोखिम पनि लिन्छन्, वा पैसाको भोकमा आफूलाई र परिवारलाई संकटमा पुर्याउँछन्। यसर्थ, पैसा र मानसिक स्वास्थ्यको बीच सन्तुलन कायम राख्नु महत्त्वपूर्ण हुन्छ। म पनि त पैसाकै अभाबमा बिदेशीए मेरो स्थिति हेर्ने हो भने मैले जस्तो दुख अनुभब कमैले पाउँछन् हुन त आफ्नो दुख आफैलाई ठुलो लाग्छ कुनै बेला खुबै फुर्ती थियो मेरो पनि म आफ्नै देश मा केही गर्छु बिदेश त जाँदिन भन्ने तर म गरिब के गरेर बस्ने सिप नै थिएन हातमा रिनले डाँडो काटिसकेको थियो त्यसैले मेरो अवस्था झन् तल तल हुँदै गैराख्यो

    आफ्नाहरु को चर्तिकला अनि समाज को त्यो रुखो बोली ले म भन्दा बढी मेरो परिवार लाई गाह्रो भैराखेको थियो न बाउ को जागिर न आमा नै जिउँदो बुढा बाउ ले सोच्थे होला हाम्रो नि पालो आउँछ कि भन्ने गाह्रो मलाइ पनि भैरहेको थियो कि सानो सम्बन्ध जोड्न खोज्दा नि तोड्न खोजेकाहरु लाई देख्दा म पनि अब बिदेश जानू पर्छ भन्ने आभास आउँन थाल्यो म आफ्नै प्रबृत्तिमा कहिले कतै कहिले कतै भौतारीए अन्धा धुंन्दा बजार पसियो साथीहरुको लहलहैले पनि विदेश नै उत्तम लाग्ने निष्कर्षमा पुगे कसैलाई थाहा थिएन कि मैले कहाँ को लागि के गर्छु भन्ने जे भैरहेको थियो त्यो कसरी बिर्सन सकिन्छ र भोकै ति गल्लीहरुमा रित्तो गोजी अनि देखावटी मिठो मुस्कान अझै तस्बिरमा देखिन्छु चाहे राम्रो होस चाहे नराम्रो म सानै देखि अलि बिग्रेकै मान्छे थिए

    आफ्नाहरुले कामै नलाग्ने नम्बर एक परेको हुँ अहिले पनि गर्न केहि सकेको छैन गाँउमा मा सब देखि नराम्रो भैसकेको थिए भन्नेहरुले के के भने केके गरे बचन उसै छन् मनमा निकै मन रुन्थ्यो त्यस्तो बोली त्यस्तो वचनहरु लगाउदा भएका सम्बन्धहरु टाढा भए भाग्य र सहि समय सबैको आउँछ भन्ने हल्ला सुनेको छु हुँ त भगवानले तो आट मा पुर्याउछु भन्छ रे कसो हाम्रो पनि दिन न आउला र म बिग्रेको देखेर केही जोडिन खोज्ने हरु र नजिक हुन खोज्ने हरु सबै टाढा जान गए तर मलाइ केही महसुस भएन महसुस हुँ लाइ सबथोक चाहिदो रहेछ म संग भएको त्यहि एक मुठ्ठि सास त हो ख्यालख्यालमै भिषा लगाएको आइ सके छ

    भाग्य बस् गुलामी गर्ने अवसर मिल्ने भयो एक तर्फी खुसि नै भए अर्को तर्फी घरको आँगन छुट्ने दिन नजिकिए यो गरिबीले पनि हामि जस्तालाई निकै तड्पाउछ किन दशैको मुखमा छोडियो घर पुगियो विदेश तर परदेशी भुमि सोचे जस्तो कहाँ हुन्छ र बिदेश न खानाको ठेगान न बस्न को न आफ्ना न हितैसी सबै टटे पटे के भन्छन के भन्छन कयौ दिन त कोठामै रोए सम्झीए बा सम्झीए पाखा पखेरा अचेल अलि बानि परेको छ

    एक्लोपन धेरै आशा त छैन तर एकदिन दुनियालाइ देखाउन सक्ने जति मात्र होस मलाइ बढी नै चाहिदैन भन्ने सोचाइमा गुलामी गरिरहेको छु कहीँ जांदिना घर मै बस्छु भनेर मैले जस्तो फुर्ती त कस्ले लायो होला र घरको आगन भन्दा भन्दा एक रत्ती पर जान नचाहने म आज अनकन्टार ठाउँ मा छु दुख जस्तो सुकै होस छोडेका हरु लाई नजिक र साथ दियका हरुलाइ टाढा हुने महसुस गर्न दिने छैन थोरै रहर धेरै बाध्यता ले गर्दा दाइ बिदेसियो भाइ पनि तयारी मा नै छ घर सुनसान अनि चराहरुको चिरबिर आवाज अचेल सपना मा आइरहन्छन मलाई त्यहि गर्न मात्र मन छ कि जसले हात दिएर हात हाने तिनीहरुलाइ गुणले बदला तिर्ने सोचेको साथ धेरै दुख पाएर होला आफ्नै देश को नै बढी माया लाग्दो रहेछ जिम्मेवारी ले घर को आगन समय मै छुट्यो

    उमेश ओली
    सानीभेरी ४ रुकुम पच्शिम
    हाल जापान