•  २८ कार्तिक २०८२, बिहीबार
  • बाँके, नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको हाईस गाडी दुर्घटना भएको छ ।
    आज (बिहिबार) दिँउसो १२ बजे सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै भे १ ख ३९९६ नम्वरको हाईस दुर्घटना भएको हो ।
    नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहनुभएका यात्रु ओम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालक पारस आचार्य सहित १५ जना यात्रुहरु घाईते भएका छन् घाईते मध्ये  केहिको अवस्था गम्भिर रहेको छ ।
    ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाईएको बताउनुभयो

    चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले घाईतेहरुको उद्धारको लागि चौरजहारी नगरपालिकाबाट नगर प्रहरी,एम्बुलेन्स र नगर बस घटनास्थलततर्फ पठाएको जानकारी दिनु भयो  र अझै दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको छ ।