•  ६ जेष्ठ २०८२, सोमबार
  • सानिभेरिमा T20 खसी कप सम्पन्न । जित आयोजक टिमको हातमा

    बिपि रावत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित बेल्टापु रंगशालामा भएको प्रथम फुक्रु T20 क्रिकेट तथा खसी कप २०८१ मा सानीभेरी गाउँपालिका वडा नम्वर ७ को टिम विजेता भएको छ । बिहिबार भएको फाईनल खेलमा सानीभेरी ७ विजेता बनेको हो । विजेता टिमले खसी हात पारेको आयोजक टिम फुक्रुले जानकारी दिएको छ । त्यसैगरी उक्त प्रतियोगितामा वडा नम्वर ११ को टिम उप विजेता बनेको छ । प्रथम फुक्रु T20  क्रिकेट तथा खसी कप २०८१ मा विभिन्न वडाका १२ टिमको सहभागिता रहेको थियो । आयोजक समितिका अनुसार विजेता टिमलाई खसी र उप विजेता टिमलाई नगद पाच हजार रुपियाँ पुरस्कार दिईएको छ । विजयादशमीको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा सानीभेरी गाउँपालिका भित्रका वडामा रहेका टिमहरुका बिचमा मात्र प्रतिश्पर्धा गराईएको थियो । गाउँपालिकाको वडा नम्बर ७ ले आयोजना गरेको T20 खसी कप आश्विन २२ गते बिहान एघार बजे बाट सुरु भएको खेलमा खेलको उद्घाटन सानिभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट र स्वयंम तीन नम्बरका वडा अध्यक्षले गर्नु भएको थियो खसी पुरस्कार राखिएको खसी कपमा बिजेतालाई  तिस हजार बराबरको खसी र उपबिजेतालाई नगद पाँच हजार पुरस्कार राखिएको थियो खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक भएर सम्पन्न भएको खेलमा आठ चारको 6 weiket गुमाउँदै वडा नम्बर एघारले दिएको 47 रनको तार्गेट पूरा गर्दै आयोजक टिमले जित आफ्नो हातमा पारेको थियो आयोजक टिमका खेलाडी बिकास केसिले तीन छक्का र एक चौका हानेर आफ्नो टिमलाई जिताउन निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए खेल खेलाउन स्थानीय खेलप्रेमी समाजसेवी जनप्रतिनिधि पत्रकार आम नागरिकले निकै सहयोग गरेर खेल सम्पन्न गरिएको आयोजक टिमका अध्यक्ष चक्र बहादुर भण्डारीले बताउनु भयो देश तथा बिदेशबाट पनि खेलाडीलाई सम्पुर्ण युबाहरुको निकै सहयोग भएको जानकारी पनि गराउनु भएको छ