रुकुम पश्चिम : सानिभेरी गाउँपालिका वडा नं. ३ स्थित ऐतिहासिक बेल्टापु रंगशालामा सेभेन स्टार युवा क्लब फुक्रुको आयोजनामा गाउँपालिकास्तरीय वडास्तरीय U–19 क्रिकेट प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ ।
गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका ८ टिमका युवा खेलाडीहरू ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै आफ्नो क्षमता र अनुशासन प्रदर्शन गरिरहेका छन्। पुष १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले गाउँस्तरमै रहेका क्रीकेट प्रतिभा पहिचान गर्दै भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
युवालाई खेलमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने, खेल भावना विकास गर्ने तथा आपसी एकता मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले सानिभेरीमा क्रीकेट संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक सेभेन स्टार युवा क्लब फुक्रुले खेलप्रेमी दर्शकहरूलाई रंगशालामा उपस्थित भई युवा खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।




