
हामि आयौं । उज्यालो नेपाल तपाईहरु सँगै
जे छन समाजमा बिचित्र
देखाउने छौं सत्यको चित्र
नेपालको डिजिटल पत्रिकारिताको बिकास सँगै जन आवजको पक्षमा सत्य तथ्य र निष्पक्ष समाचारलाई ध्यानमा राखि आज देखि उज्यालो नेपाल डटकम द्रारा अनलाईन पत्रिकाको शुभारम्भ गरेका छौँ । सत्यको चित्र देखाउने प्रण सहित हामि सत्य तथ्य र निष्पक्ष रुपमा सक्रिय भएर जनपक्षिय पत्रकारिताको मार्गनिर्देशनमा लागि रहने छौँ ।
नेपालमा कटवाल कराएर, दमाहा,ढोलक बजाएर, शंख, कर्णाल फुकेर सुरु भएको सुचना प्रवाहको युगदेखि नेपालि पत्रकारिताले आजको समयमा बिकासको गति हेर्दा निकै ठुलो फड्को मारिसकेको छ । भित्ते पत्रिका देखि सुरु गरिएको पत्रकारिताको इतिहासले आज प्रविधिको बिकास गरी विश्व नै डिजिटल युगमा प्रवेश गराईसकेको छ । पत्रकारिताको धर्म,पेशागत मर्यादा र गोपिनियता अधिकार प्रति सचेत रहेर यहि प्रविधिको उपज डिजिटल पत्रकारिताको भिडमा हामि पनि जोडिएका छौं ।
समचारमा सत्यता, सन्तुलन, बिश्वास्नियता र तथ्यपुर्ण सिद्घान्तबाट अभिप्रेरित भएर हामि निष्पक्ष र यथार्थ सहित आँम जनताका वास्तविक सवाललाई सम्प्रेषण गर्ने दृढ संकल्पका साथ राष्ट्र, राष्ट्रियता,लोकतन्त्र र जनपक्षीय समाचार माध्यामका रुपमा रहनेछौ । सत्य,तथ्य र निष्पक्ष समाचारको साथ स्पष्ट बिचार उज्यालो नेपाल डट्कमको मुल आधार हुनेछ । हामी कसै प्रती पक्ष र विपक्षमा नभएर स्वतन्त्र पत्रकारिताको अभ्यासमा लाग्नेछौ । जति सक्छौ त्यति सुचन दिनेछौ तर सहि सूचना दिनेछांै । हाम्रो उदेश्य समचारमा प्रतिस्पर्धा नभएर सत्यता संग प्रतिस्पर्धा गर्ने हुनेछ ।
आजदेखी हामिले उज्यालो नेपाल डटकम मार्फत मिडियाको नयाँ यात्रामा आरम्भ गरेकाछांै । पत्रकारिताको बिश्वब्यापी मुल्य र मान्यतामा रहेर पत्रकारिता गर्ने प्रण हाम्रा प्रीय तथा आदरणीय पाठक समक्ष गर्दछौ । आम नागरिकको सुचनाको हकलाइ सुनिश्चित गर्दै मर्यादित र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता गर्दछौ ।
उज्यालो नेपाल डटकमलाइ www.ujyalonepal.com लगइन गरि अनलाइनमा पढ्न Ujyalo Ghar HD युट्युब च्यानल मार्फत भिडियोमा हेर्न साथै उज्यालो नेपाल फेसबुक पेज मार्फत समेत हेर्न सुन्न सकिनेछ ।
हाम्रो यस कार्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आम बुवा,दाजुभाइ तथा दिदिबहिनी हरुबाट सकरात्मक सल्लाह,सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै आजदेखी हामिले उज्यालो नेपाल डटकम यहाँहरुको माझ सुम्पिएकाछौ ।
धन्यवाद
अध्यक्ष
बिपि रावत
९८६४९४९९९२
९८१०१७०९१५