
बिपि रावत, उ बेला दशै आउँदा छुट्टै किसिमको माहोल लिएर आउथ्यो दिदिले रातो माटोले घर लिप्नु हुन्थ्यो भाइ बहिनी र म जङ्गलबाट माटो बोकेर ल्याउथ्यौं उमेर त बालापन नै राम्रो रहेछ बा सधै जसो खर्च टार्न कालिपार जानू हुन्थ्यो आफुले पढ्न नपाएको बाले निकै गुनासो गरिरहनु हुन्थ्यो उत्तिबेला त्यसैले हामिलाई पढाउन कै लागि जवानिमा घर बस्नै पाउनु भएन परार भन्दा पोहोर , पोहोर भन्दा अहिले दशै झन झन खल्लो लाग्दै गइरहेको छ सानो हुँदा बाह्र महिनामा आउने दशै अहो निकै खुसी बोकेर आउथ्यो कालिपार९भारत० गइरहने बा दशैमा घर आउछ्न नयाँ भोटी ल्याइदिन्छन भनेर आमाले हामिलाई फकाइरहनु हुन्थ्यो अहिले का जस्ता मोबाइल थिएनन् नयाँ दशैमा नयाँ लुगा त्यो पनि स्कुल ड्रेस लगाउन पाउँदा निकै खुसी हुन्थे अहिले सिलाएको नयाँ अर्को सालसम्म ठिकै हुन्छ भनेर शरीर भन्दा खुकुलो सिलाएका हुन्थ्यौं जब जब दशै आउथ्यो लुगा किन्न बजार दिदी जानू हुन्थ्यो मलाई भाइलाई र बहिनिलाइ स्कुल ड्रेस ल्याउनु हुन्थ्यो त्यही लुगा सिलाउन हाम्रो घरमा बहिरो दमाई आउथ्यो दशै भन्दा तीन चार दिन पहिले आएर लुगा सिलाइदिन्थ्यो जेला ९खलो० मकै एक बोरा लिएर जान्थ्यो हाम्रा झुपडी तीन ओटा थिए पोकडारा खर्क र रावत गाउँ हामी प्राय दशैमा खर्क हुन्थ्यौ एकान्तमा त्यसैले दशैको बेला रावत गाउँ आएर कुखुरा काट्न लगाउथ्यौ छिमेकी अन्कलहरुले कुखुरा काट्दिए पछि पकाएर टाउको खान बोलाइन्थ्यो साथिभाइ संग रमाइलो गरेर दिन बिताइन्थ्यो अहिले त घरहरु पनि छैनन् भएको रावतगाउँमा सानो घर गतसालको भुकम्पले दर्काएको छ खासै बस्न मिल्दैन बा कालिपार भारत जान छोडे भाइ ठूलो भैसक्यो दिदिहरुले बिहे गरे बहिनी ठुली भैसकी जिम्मेवारी थुप्रै बढेको छ बा लाई अहिले हामी रेडिमेट लुगा ल्याइदिन्छौ हाम्रा लागि मन परेका लुगा आफै किन्छौ दशैमा घर हामी आउँछौ बा आमालाई भेट्न पहिले जस्तो घुम्ने रमाउने बाताबरण नै मिल्दैन साथिभाइ आफ्नै काममा ब्यस्त छन भेटघाट छैन को आयो को गयो अत्तोपत्तो छैन । गाउँमा न पहिले जस्ता पैसेरु नाच भेटिए यो पटक न मेलापात गर्ने गाउँले हरु भेटिए केबल दशै मनाउन गाउँ आएका दुई चार थान युबाहरु बाइक गाडिमा आउँछ टीका थाप्छन हिड्छन कसैलाई पनि त्यस्तो रौनक आएको देखिएन, युवाहरू लोकसेवा पढ्न शहर छिरे कोहि घर चलाउन खाडी भासिए मैले सानोतिनो जागिर गरेर यतै कतै छु तर घरमा आउँदा खासै मज्जा लाग्दैन हुन त धोवीलाई हतार भयो भन्दैमा रातीमा घाम लाग्दैन,सबैको सही समय आँउछ बस् धैर्य गर्न सक्नुपर्छ भन्छन यस्तै यस्तै अझै दशै कता कता छुट्यो यसपाली दशै मलाई निकै खल्लो लाग्यो
रमित रावत
बन डिभिजन कार्यलय रुकुम पश्चिम