•  ६ जेष्ठ २०८२, सोमबार
  • दाङमा घोडाको लात्ती प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–५ बबरपुरका १८ वर्षीय योगेश सुनार रहेका छन् । घोडाको लात्ती प्रहारबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको छ ।

    बुधबार दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका बेला सोही स्थानका ६० वर्षीय झगबिर वलीको घोडाले पछाडिबाट लात्ती प्रहार गर्दा योगेशको बायाँ कोखामा गम्भीर चोट लागेको थियो। तत्कालै उनलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सामान्य उपचार गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।

    कोहलपुरमा डाक्टरले राति ८ : ४० बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको आमा मिना सुनार साथमा रहेको जनाइएको छ। शव हाल कोहलपुर मेडिकल कलेजमै राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।