रुकुम पश्चिम, जेठ ४ – वाफिकोट गाउँपालिका–२ स्थित स्यार्पुताल माध्यमिक विद्यालयमा हालै भएको शिक्षक व्यवस्थापन प्रक्रियाप्रति नेकपा (एमाले) वाफिकोटले कडा आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। नेकपा (एमाले) वाफिकोट गाउँ कमिटीका अध्यक्ष भुपलाल के.सी.ले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यालयमा राजनीतिक पूर्वाग्रह र व्यक्तिगत स्वार्थका आधारमा नीति विपरीत निर्णय गरिएको दाबी गरिएको छ।
२०७५ सालदेखि माध्यामिक तहको गाउँपालिका अनुदान कोटा अन्तर्गतको शिक्षक पदमा रही नियमित शिक्षण कार्यमा संलाग्न रहदै आउनु भएका टोपबहादुर दाहाललाई ६ बुंदे सहमति बिपरित केहि व्यक्तिहरुको मिलोमतोमा फरक निर्णय गरिएको भन्दै उक्त कार्यको विरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “विद्यालयको स्वायत्तता, शैक्षिक मर्यादा र प्रचलित विधि-विधानलाई बेवास्ता गर्दै गरिएको यस्तो कार्यले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढाएको छ।” पार्टीले उक्त विषयमा तत्काल सम्वोधन गर्दै प्रक्रिया अनुसार निर्णय सच्याउन वाफिकोट गाउँपालिकालाई आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता कार्य नदोहोरिनु पर्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ





