•  २६ पुष २०८२, शनिबार
  • बिपी रावत

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा मंगलबार राति ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको अत्यन्त क्रूर तरिकाले हत्या गरेका छन्। पारिवारिक विवादपछि घरमै लछारपछार हुँदा खुकुरी निकालेर आक्रमण गरेका चन्द्रबहादुरले खेतसम्म लखेटी लगेर देविकाको दुबै हात र घाँटी काटेका थिए। घटनापछि उनी रक्ताम्य अवस्थामा खुकुरीसहित प्रहरी कार्यालय पुगेका थिए।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश बिष्टका अनुसार मदिरा सेवन र झगडाको कारण घटनाले उग्र रूप लिएको हुनसक्छ। मृतकको शव पोष्टमार्टमका लागि सल्ले अस्पतालमा राखिएको छ भने आरोपीलाई नियन्त्रणमा लिइएको छ।

    उनीहरूका तीन सन्तान छन्, जसले आमाको हत्या आफ्नै आँखाले हेरेका थिए। वडा अध्यक्ष लालबहादुर बुढाथोकीले यसलाई अत्यन्त दुखद र अमानवीय घटना भएको बताएका छन्।