•  २५ पुष २०८२, शुक्रबार
  • रुकुम पश्चिम, २०८२ पुस १२ (राप्रपा समाचार): राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातौँ जिल्ला अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा कर्णाली प्रदेशका अध्यक्ष श्री दीप बहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
    अधिवेशनबाट २१ सदस्यीय जिल्ला पार्टी समिति गठन गरिएको छ। सर्वसम्मत निर्णयबाट निम्न पदाधिकारीहरू चयन भएका छन्ः
    १. जिल्ला अध्यक्ष: खुम्बु खत्री
    २. उपाध्यक्ष: सुदीप जंग शाह, अमृता बुढा खड्का, टङ्कबहादुर घर्ती मगर
    ३. सचिव: सञ्जीव दाहाल
    ४. सह–सचिव: नरकुमारी शाही
    ५. कोषाध्यक्ष: टिका केसी
    नव–निर्वाचित जिल्ला अध्यक्ष श्री खुम्बु खत्रीले अधिवेशनलाई सम्बोधन गर्दै पार्टी संगठनलाई वडा–वडामा विस्तार गर्ने, सशक्त जनसम्पर्क अभियान सञ्चालन गर्ने र कार्यकर्तालाई अनुशासित तथा क्रियाशील बनाउनका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सवालमा जनताको आवाज सशक्त रूपमा उठाउने बताउँदै, सबै वर्ग र समुदायको समावेशी सहभागितासहित राप्रपालाई रुकुम पश्चिममा जिम्मेवार, जनमुखी र विश्वासयोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दृढ अठोट प्रकट गर्नुभयो।
    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन रुकुम जिल्ला अध्यक्ष विक्रम परियारले अधिवेशन राप्रपाको संगठनात्मक सुदृढीकरण र जनस्तरमा पहुँच विस्तारको नयाँ दिशा तय गर्न गरिएको भन्दै उज्यालो नेपाल डट्कमलाई जानकारी दिनु भयो।