•  ११ पुष २०८२, शुक्रबार
  • बिपी रावत : रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–९ खारखोलामा आइतबार राति भएको अटो दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
    इलाका प्रहरी कार्यालय प्रहरी चौकी सिम्ली रुकुम पश्चिमका अनुसार मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका–९ खलंगाबाट सानिभेरी गाउँपालिकातर्फ जाँदै गरेको “अन टेस्ट” अटो खारखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनामा परेर मुसिकोट नगरपालिका–१३ निवासी २८ वर्षीय अटो चालक विनोद रोकायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्ली प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सचिता नन्द यादवले जानकारी दिनुभयो ।
    उहाँका अनुसार अटो अचानक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको समयमा अटोमा चालक रोकाया मात्रै रहेका थिए।

    मृतक रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ली ल्याइएको प्रहरीले जनाएको छ।
    दुर्घटनाको कारण सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।