•  २ बैशाख २०८३, बुधबार
  • दाङ बिपी रावत, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ३ वटा वडामा भूकम्पले क्षेती भएको ६ किलोमिटर सडक स्तोरन्तती गरिदै छ । भूकम्पको प्रभावले जोखिमपूर्ण अवस्थामा रहेका परिवारको जीविकोपार्जन, क्षेतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरुबाट संयुक्तपुनर्लाभ परियोजना JRAP अनर्तर्गत उक्त सडक स्तरोन्नती भई रहेको हो ।

     

    सानीभेरी गाउँपालिका वडानं १, २ र ४ मा सञ्चालन भएको उक्त परियोजनामा बेलायति राजदुताबास FDCO को आर्थिक सहयोग, विश्वखाद्य कार्यक्रमको कार्यन्वयन र सप्रोस नेपालको प्राविधिक सहयोग रहेको छ । सामुदायिक पुर्वाधारउत्थानशिलता तथा खाद्यसुरक्षा अभिबृद्धि परियोजना नाम दिइएको सडकस्तरोन्नती ३ वटा वडामा सञ्चालन भएको छ । उक्त परियोजनामा जम्मा ३ करोड ३१ लाख १२ हजार ३७ रुपैया ५० पैसाको बजेटरहेको छ ।

    जस अनुसार वडानं. १ को चाइनाबगर-पक्रैया-बुकिचौर कृषिसडकमा रु १ करोड १३ लाख ९ हजार ८ सय ८६ रुपैया २५ पैसा, वडा नं. २ को गिठाकोट- बसन्डाँडा-पुर्तिमकाँडा कृषिसडकमा रु १ करोड ६ लाख १० हजा ४ सय ३४ रुपैया ५० पैसा र वडा नं. ४ को नायखोला-खालचौर- गाउँबारी- टुरा कृषिसडकमा रु १ करोड ११ लाख ९१ हजार ७ सय १६ रुपैया ७३ पैसा रहेको छ । उक्त सडक स्तरोन्नतीका लागि ३ वटा वडामा ७ सय ३० जना लाभग्राही कायम गरी सडक स्तरोन्नतीमा खटिएका छन् । जसमा वडा नं. १ मा २ सय ४९ जना, वडा नं. २ मा २ सय २६ जना र वडानं. ४ मा २ सय ५५ जनाले काम गरिरहेका छन् । प्रतिलाभग्राही रु ३६ हजारका दरले कामको आधारमा पारिश्रमिक आउने बताइएको छ ।

     

    बुधबार उक्तस्तरोन्नती भइरहेको सडकहरुको गाउँपालिकाअध्यक्ष, उपाध्यक्ष, प्रमुखप्रशासकीयअधिकृत, इन्जिनियर, विश्वखाद्य कार्यक्रमका प्रतिनिधि, सप्रोसनेपालका प्राविधिक तथा प्रतिनिधि र सम्बन्धित वडाका वडाअध्यक्ष संयुक्तरुपमा स्थलगतअनुगमन समेत गरिएको छ । अनुगमनका क्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भुकम्पले प्रभावित भएको समुदाय र क्षेत्रलाई पुनर्लाभ हुनेगरी गरिएको कार्यक्रमबाट र स्तरोन्नतीमा भएको कामबाट आफु प्रभावित भएको बताउनुभएको छ ।

    वडानं. ४ को खालचौरमा लाभग्राही र सरोकारवालाबीच भएको छोटो अन्तरकृयामा उहाँले यस्तो बतानउनुभएको हो । अध्यक्ष विष्टले भुकम्प प्रभावित क्षेत्रमा पालिकासरकारले गर्ननसकेको सहयोग विश्वखाद्य कार्यक्रमले गरिदिएकोमा धन्यबाद समेत व्यक्त गर्नुभयो । त्यस्तै पालिका उपाध्यक्ष कमला रोका पुनले लाभग्राहिहरुलाई आफ्नो वडाको सडक स्तरोन्नतीमा दत्तचित्तकासाथ काम गर्न आग्रह गर्नुभयो । उहाँलेआफुले गरेको कामबाट पारिश्रमिक पनि आउने र आफ्नो वडाको विकास पनिहुने भएकाले सबैले स्तरीय काम गर्न सल्लाह दिनुभयो ।

     

    त्यस्तै सानीभेरी गाउँपालिकामा सामुदायिक पुर्वाधार उत्थानशिलता तथा खाद्यसुरक्षा अविबृद्धि परियोजना अन्तर्गत तीन वटा कार्यक्रमको विभाजन गरिएको छ । पहिलो शसर्त कामका लागि नगदसहायता जसमा सडक स्तररोन्नती गरदै छ भने । दोस्रो केहि लाभग्राहीलाई निशर्तरुपमा पनि नगदसहायता उपलब्ध गराएको छ । जसमा अपांगता भएका व्यक्तिहरु, एकल महिला, जेष्ठनागरिक बालबालिका घरमुली नभएकाअसायहरु रहेका छन भने तेस्रो सिपमुलक तालिमका लागि नगद सहयोग पर्दान गरेको छ । उक्त कार्यक्रम सानीभेरी गाउँपालिकाका ११ वटैवडामा लागुगरिएको छ । पालिकाभरी १ हजार ३ सय २४ जना लाभग्राही कायम गरिएको छ । यो परियोजना रुकुम पश्चिमका ३ वटा स्थानीयतह आठबिसकोट नगरपालिका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको छ।

    प्रकाशित मिति २०८१,०७,२२