पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
उनले नयाँ वर्षको सन्देशमा विगत वर्षको समीक्षा गर्दै भविष्यका लागि अनुभव र नयाँ ऊर्जा बीच सहकार्य आवश्यक रहेको बताएका छन्। देशलाई समृद्ध र सुरक्षित बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
ओलीले नयाँ वर्षले नेपाली जनतामा सकारात्मक सोच, उत्साह र विकासप्रति प्रतिबद्धता बढाउने विश्वास व्यक्त गरेका छन्।
आजबाट विक्रम संवत् अनुसार नयाँ वर्ष २०८३ सुरु भएको छ। नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका उच्च पदस्थ व्यक्तित्वहरूले पनि शुभकामना सन्देश दिएका छन्।




