•  १ बैशाख २०८३, मंगलवार
  • नेपाली कांग्रेस ले एक महिने क्रियाशील सदस्यता अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापा ले उक्त अभियानको औपचारिक सुरुवात गरेका हुन्।

    सभापति थापाले आफ्नै वडा, काठमाडौँ महानगरपालिका–३० बाट सदस्यता अभियान सुरु गरेका छन्। यस अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने बताइएको छ।

    पार्टीका अनुसार अभियान अन्तर्गत देशभरका वडाहरूमा गएर क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरिनेछ। साथै, सदस्यता नवीकरण नगर्ने व्यक्तिहरू आगामी महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

    सदस्यता प्रक्रियालाई व्यवस्थित बनाउन पार्टी विधानअनुसार वडा कार्यालयमै पुगेर फाराम भर्ने व्यवस्था गरिएको जानकारी दिइएको छ।

    नेपाली कांग्रेसले संगठन सुदृढीकरण र कार्यकर्ताको सक्रियता बढाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ।